Jay prithvi bahadur singh biography
Jay prithvi bahadur singh biography pdf.
जयपृथ्वीबहादुर सिंह
जयपृथ्वीबहादुर सिंह | |
---|---|
जन्म | १९३४ भदौ ७ गते बझाङ |
मृत्यु | १९९७ असोज १ |
पेशा | भाषा, साहित्य, पत्रकारिता, शिक्षा, स्वाथ्य, समाज सुधार आदि |
भाषा | नेपाली |
धर्म | हिन्दू |
मानवतावाद र जयपृथ्वी फाउन्डेसन |
जयपृथ्वीबहादुर सिंह एक बझाङ्गी राजा थिए। जयपृथ्वीको जन्म विसं १९३४ भदौ ७ गते[१][२] (इ.सं.१८७७) सेती अञ्चलको बझाङमा भएको थियो।[२] उनले लेखेका अक्षराङ्क शिक्षा नामक पुस्तक नेपाली भाषाको पहिलो पाठ्यपुस्तक मानिन्छ।[३] त्यस्तै उनको प्राकृतव्याकरण नामक अर्को पुस्तक पनि गोरखापत्र छापाखानाबाट विसं १९६९ प्रकाशित भएको थियो।[४] जयपृथ्वीबहादुर सिंहले लेखेका नेपाली भाषाको पुस्तक 'अक्षराङ्क'मा देवनागरी लिपिका साँवाअक्षर, गणितका साधारण हिसाव, तत्कालीन चलनचल्तीमा रहेको नापतौल, वर्ष, महिना, दिन, ऋतु, अङ्ग्रेजी महिनाका नाम आदि कुरा समावेश गरिएका थिए। [५] उनको "अक्षराङ्क शिक्षा" नामक पुस्तकमा बाह्रखरी अक्षर ज्ञान, गणितको एकावली, पहाडा, विभिन्न वर्गाङ्क, जोडघटाउ, भाग, गुणन र इस्लाम धर्मका चाडपर्वको पनि उ